समाचार

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

KP Oli

२८ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् ।

दिउँसो २ः३० बजेका लागि बोलाइएको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओली नजाने भएका छन् ।  सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी आइतबार नै बालकोट पुगिसकेको छ । ओलीले बैठकमा आफू नजाने बताइसकेको स्रोत बताउँछ ।

ओलीको सचिवालयका सदस्य रामशरण बजगाईंले भने बैठकमा पार्टीको तर्फबाट प्रतिनिधित्व हुने बताए । एमालेले लगातार प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक डाकेका हुन् ।

बैठकमा संसदमा प्रतिनिधित्व गरेका दललाई बोलाइएको छ । यता, एमाले मुख्य सचेतक विशाल भट्राईले बैठकमा जाने–नजाने टुंगो भइनसकेको बताउँछन् । सिंहदरबारमा त्यसबारेमा छलफल हुन लागेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस