विश्व/प्रवास

२०२४ को आफ्नो योजनाले सबैलाई खुसी पार्ने ट्रम्पको दाबी

donald trump

२८ भदौ, वसिङटन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी २०२४ को चुनावमा लड्ने सम्बन्धी आधिकारिक घोषणा गरिसकेका छैनन् । तर गटफिल्डसँग हालैको अन्र्तवार्तामा उनले २०२४ को आफ्ना योजना र निर्णयले सबैलाई एकदम खुसी पार्ने बताएका हुन् ।

”म हाम्रो देशलाई ज्यादै माया गर्छु । र मेरो निर्णयले सबैलाई  धेरै खुसी पार्ने मेरो विश्वास छ । सायद दुई या तीन वर्ष अगाडि भएको भए सबै यति खुसी हुने थिएनन् होला तर अहिले मेरो योजनाले सबैलाई सन्तुष्ट बनाउनेछ । म यसबारे अब छिट्टै बताउनेछु ” , उनले भनेका हुन् ।

ट्रम्पका अनुसार हालै सञ्चालित सर्वेक्षणहरु पनि उनको कुरासँग सहमत छन् । उनले पछिल्लो समय रिपब्लिकन पार्टीको लोकप्रियता ९८ प्रतिशत पुगेकाबारे  चर्चा गर्दै त्यसो भनेका हुन् र आफूलाई सन्तुष्ट महसुस भएको बताएका छन् । त्यस्तै अन्र्तवार्तामा उनले बाइडेन प्रशासन असक्षम नभए पनि लिबरल मिडियाहरुले जोगाइरहेकामा आलोचना गरेका हुन् ।

उनले भने, “म बेलुकाको समाचार हेर्दै थिएँ । तर त्यसमा उनीहरुले अफगानिस्तान बाहेक अनेकौँ विषयमा कुरा गरे । सिएनएन अहिले सबैभन्दा द्विविधामा छ । उनीहरुले अफगानिस्तानबारे रिपोर्ट गरे भने टिभीको रेटिङ त बढ्छ तर डेमोक्रेट्सहरुका लागि त्यसो गर्नु राम्रो हुनेछैन । उनीहरुले राजनीतिक इतिहासकै सबैभन्दा असक्षम मान्छेहरुलाई जोगाउन त्यस्तो गरिरहेका छन् । ”

यसैगरी अमेरिकी शहरहरुमा बढ्दो अपराधबारे पनि प्रमुख मिडियाहरुले रिपोर्ट गर्न अस्वीकार गरिरहेको उनको आरोप लगाएका छ । यता फेसबुक, ट्वीटर लगायत प्राविधिक कम्पनीहरुले आफ्नो अकाउन्ट बन्द गराएका सम्बन्धी पनि ट्रम्पले चर्चा गरेका छन् । फेसबुकका प्रमुख मार्क जुकरबर्ग ह्वाइटहाउसमा आफ्नो समर्थन खोज्न आउने गरेपनि अहिले भने स्वतन्त्र बोलीको अधिकार हनन् गरिरहेको उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस