विश्व/प्रवास

जब भैंसीमाथि चढेर उमेदवारी दर्ता गर्न पुगे…

india buff

२८ भदौ, काठमाडौं । भारतको बिहार राज्यको पञ्चायत चुनावका लागि एकजना भैंसीमाथि चढेर उमेदवारी दर्ता गर्न पुगेका छन् । कटिहार जिल्लाको रामपुरका आजाद आलम उर्फ गुड्डू आइतबार भैंसीमाथि चढेर उमेदवारी दर्ता लागि पुगेका हुन् ।

“म एक गोठालो हुँ । गरिब किसान हुँ । पेट्रोल, डिजेल किन्न सक्दिन । सवारीको कुनै उपाय नभएपछि भैंसीमा चढेर आएको हुँ,” उनको भनाइ उद्धृत गर्दै एएनआईले लेखेको छ । उनले आफूले जितेमा किसान, मजदुर तथा गरिबका लागि काम गर्ने बताएका छन् ।

भारतीय सञ्चारमाध्यमले भने जनता र मिडिया ‘अटेन्सन’का लागि उनले भैंसी उपयोग गरेका बताएका छन् । उनी रामपुर पञ्चायको मुखिया पदका लागि उमेदवारी दर्ता गर्ने पुगेका थिए । बिहारमा यही सेप्टेम्बर २४ देखि डिसेम्बर १२ सम्म ११ चरणमा पञ्चायत चुनाव हुँदैछ ।

भैंसीमाथि चढेर आएको देखेपछि सुरक्षाकर्मीहरूले उनलाई रोकेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *