समाचार

सोमबार थप एक हजार चार सय ८६ जनामा कोरोना संक्रमण

corona test nepal

२८ भदौ, काठमाडौं । नेपालमा थप एक हजार चार सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार पाँच सय ३९ जनामा परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।

१२ हजार पाँच सय ३२ जनाको पिसिआर परीक्षण गरिएको थियो भने चार हजार सात जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुने संख्या १० हजार ९ सय ६५ पुगेको छ । सोमबार एक हजार दुई सय ६० जना निको भएका छन् । साथै काठमाडौं उपत्यकामा चार सय २६ जना कोरोना संक्रमित थपिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *