समाचार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

accident

२९ भदौ, काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका–८, कलकत्तामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कैलालीकै बेलौरी नगरपालिका–१० का २६ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो । उनको उपचारको क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

गए राति करिब पौने ९ बजे चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीचौकी दचुईले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस