समाचार

देशका धेरै स्थानमा आज वर्षाको सम्भावना

rain

२९ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । वाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस