सेयर मार्केट

साहस ऊर्जाको ७० करोडको आईपीओ असोज ६ गतेदेखि

ipo

२९ भदौ, काठमाडौं । साहस ऊर्जा लिमिटेडले २०७८ असोज ६ गतेदेखि धितोपत्रको प्राररम्भिक सार्वजनिक निष्कसासन  (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

७० लाख कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारण्को लागि आवेदन खुलाउन लागेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस