२९ भदौ, मस्को । रुसी राष्ट्रपति भ्लादमीर पुटिन ‘सेल्फ–आइसोलेसन’मा बस्ने भएका छन् । आफ्ना निकटवर्तीमा कोरोना भाइरसको संक्रमण देखिएपछि पुटिन ‘सेल्फ–आइसोलेट’ हुन लागेको क्रेमलिनले एक विज्ञप्तिमाफर्त जनाएको छ ।
ताजिक राष्ट्रपति इमामालि रहमोनसँगको कुराकानीमा उनले आफू ‘सेल्फ–आइसोलेलन’मा जान सक्ने बताएका थिए । त्यसअघि उनले सिरियाली राष्ट्रपति बरल अल असदसँग भेटेका थिए ।
“भ्लादमीर पुटिनले बताएका छन् कि उनको निकटवर्तीमा कोरोना भाइरसको संक्रमण देखिएका कारण उनले केही समयका लागि ‘सेल्फ–आइसोलेसन’मा निरीक्षण गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।
यस सन्दर्भमा राष्ट्रपति पुटिनले यसै हप्ता हुने कलेन्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ) र सांघाइ कोअपरेसन अर्गनाइजेसन (एससीओ)मा भिडियोकन्फरेन्समार्फत हुने भाग लिनेछन् ।
प्रतिक्रिया दिनुहोस