
२९ भदौ, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न क्षेत्रबाट चोरी भएका मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको हो ।
कीर्तिपुर नगरपालिका वडा ६ बस्ने प्रजोल महर्जनले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाइकलसहित चारीमा संलग्नलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, कीर्तिपुर पठाइएको महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस