समाचार

थपिए १ हजार ५६२ कोभिड संक्रमित, १९ जनाको मृत्यु

covid19 Death body

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६२ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ४४३ वटा नमुनाको परीक्षण गर्दा एक हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९८४पुगेको छ ।

त्यस्तै आज १ हजार ५८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस