समाचार

चितवनमा एक लाख ४४ हजार नगदसहित आठ जुवाडे पक्राउ

pakrau

३० भदौ, चितवन । चितवनको खैरहनीमा एक लाख ४४ हजार रुपैयाँ नगदसहित आठ जुवाडे पक्राउ परेका छन ।

पक्राउ पर्नेमा खैरहनी नगरपालिका–८ का कृष्ण श्रेष्ठ र विष्णु सुनार,  खैरहनी–६ का नवीन बस्नेत छन् । यस्तै, राप्ती नगरपालिका–६ का सुदीप गिरी, दीपेश बर्तौला, चूडामणि थपलिया, राप्ती–४ का केशवप्रसाद तिमिल्सिना र राप्ती–५ सुदन धरेल पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी–८, लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा  खटिएको प्रहरी टोलीले मंगलबार साँझ श्रेष्ठसमेत आठजनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट एक लाख ४४ हजार १७० रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *