समाचार

सुर्खेतमा बस र ट्रक ठोक्किँदा १० जना घाइते

accident

३० भदौ, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा भएको सवारी दुर्घटनामा १० जना घाइते भएका छन् ।

बबईबाट छिन्चुतर्फ जाँदै गरेको ना७ख ६३६५ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–०० ख २५०६ नम्बरको ट्रक गए राति करिब पौने ११ बजे आपसमा ठोक्किएका थिए ।

घाइते सबैलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । दुवै सवारीसाधनसहित चालकलाई अस्थायी प्रहरी पोस्ट बबईले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस