सेयर मार्केट

सेयर बजारमा ४० अंकको पहिरो, सबै समूह राताम्मे

share market nepal

३० भदौ, काठमाडौं । बुधबार सेयर बजारमा ४० अंकको पहिरो गएको छ । यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएको छ । कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ । यस दिन सबै समूहहरु घटेका छन् । बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन् ।

त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन् । मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढेको छ ।

त्यस्तै छ्याङ्दी हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढेको छ ।  यस दिन एनआइबिएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घटेको छ । हिमालय उर्जा विकास कम्पनीको मूल्य ५.८ प्रतिशतले घट्दा गोर्खा फाइनान्सको मूल्य ५.४ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको २२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा दोस्रोमा रहेको सानिमा लाइफ इन्स्योरेन्सको १७ करोडको कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस