समाचार

कक्षा १२ का नक्कली परीक्षार्थी पर्साबाट पक्राउ

arrest

३० भदौ, काठमाडौं । पर्सामा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

सन्दीप दासको ठाउँमा २० वर्षीय रामचन्द्र दास परीक्षा दिन आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बुधबारदेखि कक्षा १२ को परीक्षा सुरू भएको छ।  पक्राउ परेका रामचन्द्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याउँदै गरेको पाण्डेले बताए ।

परीक्षा हलमा रामचन्द्रलाई अरू विद्यार्थीले नचिनेपछि प्रहरीलाई खबर भएको थियो । ‘परीक्षा हलमा अरू विद्यार्थीहरूले चिनेनन्। त्यसपछि हामीलाई खबर भयो,’ पाण्डेले भने,’उनलाई ल्याइँदैछ । सोधपुछ गर्न पाइसकेका छैनौं ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *