सुनचाँदी

सुनको मूल्य ७०० रुपैयाँले घट्यो

gold shop

३१ भदौ, काठमाडौं  । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ ।

हिजो यो गुणस्तरको सुनको मूल्य ९१ हजार २०० रुपैयाँ थियो । आज मूल्य घटेर ९० हजार ५०० रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९० हजार रुपैयाँमा झरेको हो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस