समाचार

बँदेललाई थापेको पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु

Death Body

२ असोज, काठमाडौं । बँदेल मार्न थापेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बँदेल मार्न राखेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए । शर्माका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षिय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षिय सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षिय बेलमती थारु रहेको छन् ।

“स्थानीय राजबहादुर शाहीले बँदेलले धान खायो भनेर थापेको पासोमा परेर उनीहरुको मृत्यु भएको हो,” शर्माले भने, “पोष्टमाटमका लागि अहिले उनीहरुको शव अस्पतालमा राखिएको छ । मृतकको परिवारका एक सदस्य बाहिरबाट आउने बाँकी रहेकाले मोस्टमाटममा केही ढिलाइ भएको छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस