मनोरञ्जन ताजा समाचार

मदनकृष्ण र मिलनको गीत ‘सुनको कचौरी’ सार्वजनिक

madan

२ असोज, काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सुनको कचौरी…’ बोलको गीतमा स्वर हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको छ ।

शब्द तथा संगीत राजनराज शिवाकोटीको छ । म्युजिक एरेन्ज राजन इशानले गरेका छन् । गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ । भिडियोमा मदनकृष्ण श्रेष्ठ स्वयं छन् भने उनको अपोजिटमा गौरी मल्ल छिन् ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । सम्पादन विकास दाहालले गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस