विश्व/प्रवास

भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित

india airport

२ असोज, काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना संक्रमित भएका हुन् । सोही अवधिमा २१८ जनाको भाइरस संक्रमणका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि सक्रिय संक्रमितहरूको संख्या तीन लाख ४० हजार ६३९ रहेको छ । यो संख्या घट्दै गएको देखिएको छ । एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेहरूको संख्या धेरै भएकाले संक्रमितहरूको संख्या घट्दै गएको हो ।

त्यसैगरी, अहिलेसम्म संक्रमणमुक्त भएकाहरूको संख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ । गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार २७३ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ ।

तीमध्ये १४ लाख ४८ हजार ८३३ जनाको शुक्रबार परीक्षण गरिएको हो । रासस/एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस