२ असोज, काठमाडौं । नेपालमा थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३८५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ६६ जनाको नतिजा पोजिटिभ आएको हो ।
आठ हजार ५४० नमुनाको पीसीआर परीक्षण गर्दा ८३५ र दुई हजार ८१८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा संक्रमण देखिएको हो पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस