विश्व/प्रवास

पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले दिए राजीनामा

amarinder singh

२ असोज, काठमाडौं । पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाएका छन् ।

मुख्यमन्त्री सिंह र पञ्जाब कांग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच पञ्जाबमा शक्ति–संघर्ष चल्दा पञ्जाब कांग्रेसमा लामो समयदेखि विवाद चर्किएको थियो । उक्त विवादका बीच केही समयअघि कांग्रेसले सिद्दुलाई पञ्जाब कांग्रेसको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

भारतीय कांग्रेसको ‘उच्च नेतृत्व’ले सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न बाध्य पारेको दाबी गरिएको छ ।

सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा पञ्जाब कांग्रेसका ८० मध्ये ५० जना सांसदले पार्टी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेर सिंहलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेपछि उनले पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।

सिंहलाई संसदीय दलको नेताबाट हटाउनको लागि शनिबार साँझ बैठक बोलाइएको तर त्यसअघि नै सिंघले राजीनामा दिएको उनीनिकट नेताहरूले बताएका छन् । रासस/एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस