समाचार

सिरहामा सवारी दुर्घटना, युवकको मृत्यु

accident

२ असोज, सिरहा । पूर्वपश्चिम राजमार्ग सिरहाको जिरोमाइलमा आज विङ्गर गाडीले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिरोमाइल बजारबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४१७ नंको विङ्गरले प्र२–००३–०१४प ८४३५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढीमाई नगरपालिका कशहा निवासी २४ वर्षीय सुरेश महतो भनिने अमृत महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटोमा ओभरटेक गर्ने क्रममा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । दुर्घटनापश्चात विङ्गर इलाका प्रहरी कार्यालय धनगढीमा राखिएको र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस