समाचार

केही स्थानमा भारी वर्षाको सम्भावना

rain

३ असोज, काठमाडौं । देशभर आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ । साथै, मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र अरू प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस