मुख्य समाचार

सातौँ संविधान दिवस : टुँडिखेलमा विशेष कार्यक्रम, उपराष्ट्रपति अनुपस्थित (तस्बिरहरू)

sambidhan diwas

३ असोज, काठमाडौं । सातौँ संविधान दिवसका अवसरमा आइतबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा समारोह आयोजना गरिएको हो ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन भने समारोहमा अनुपस्थित रहे ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । रंगीचंगी बेलुन र शान्तिका प्रतीक परेवा उडाइएको थियो ।

sambidhan diwas1

sambidhan diwas2

sambidhan diwas3

sambidhan diwas4

sambidhan diwas5

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस