सुनचाँदी

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

gold shop

३ असोज, काठमाडौं । आज साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । यद्यपी, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम छ । आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।

गत साताको शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार १५० रुपैयाँ तोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *