
३ असोज, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार गाउँगाउँमा पुगेको बताएका छन् । आइतबार संविधान दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा उनले संविधान निर्माणपछि पार्टीले खलेको भूमिकाप्रति गर्व गर्ने बताए ।
“केन्द्रको शासन पालिका–पालिकाबाट हुने नै सिंहदरबार पुर्याउने भनेको हो । सिंहदरबार गाउँगाउँमा पुगेको छ,” उनले भने । संविधानले नेपालमा हिंसा आवश्यक नभएको र त्यसलाई अस्वीकार गर्ने कुराको पुष्टि गरेको उनले बताए ।
भूकम्पको पीडाका बीच संविधान बनाएको उनले स्मरण गरे । संविधान जारी गरिएलगत्तै नाकाबन्दीविरुद्ध उभिएर राष्ट्रिय स्वाभिमान झुक्न नदिएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस