समाचार

पछिल्लो २४ घण्टामा ७३४ संक्रमित थपिए, १२ जनाको मृत्यु

corona discharge siraha

३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

१० हजार १३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *