
३ असोज, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरेको नेपाललाई पहिलो सफलता मिलेको छ ।
नेपालका लागि करण केसीले पहिलो विकेट लिए । करणले तेस्रो ओभरको चौथो बलमा ओमानका जितेन्दर सिंहलाई क्याच आउट गराएका हुन् । करणको बलमा आसिफ शेखले क्याच गरे । जितेन्दरले ओमानका लागि १३ बलमा १३ रन बनाए ।
प्रतिक्रिया दिनुहोस