विश्व/प्रवास

चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप लगाइयो

china covid 19

३ असोज, काठमाडौं । चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या कूल जनसङ्ख्याको ७८ प्रतिशत हो ।

कोभिड–१९ प्रतिक्रियाको लागि राज्य परिषद् अन्तर–संस्थान कार्य दलको तथ्याङ्कअनुसार मुख्य भूमि चीनमा मा एक अर्ब दुई करोड भन्दा बढी मानिसहरूले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् ।

चीनमा कोभिड–१९ विरूद्धको एक खोप लगाउनेको सङ्ख्या दुई अर्ब १७ करोडभन्दा बढी पुगेको छ । कोभिड–१९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशहरुमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस