मुख्य समाचार

आजबाट नयाँ नोट साट्न पाइने

new paisa

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दसैँ-तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो ।

राष्ट्र बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ । यस पटकको दसैँमा सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउँछन् ।

केन्द्रीय बैंकले आजदेखि साट्न मिल्ने गरी बजारमा करिब ३५ अर्ब बराबरको ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पठाएको छ । प्रत्येक वर्षको दसैँमा नयाँ नोट वितरण गर्दै आएको केन्द्रीय बैंकले गत वर्ष भने कोरोना महामारीका कारण वितरण गरेको थिएन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस