विश्व/प्रवास

फ्रान्सद्वारा बेलायतसँगको सुरक्षा वार्ता रद्द

French Defence Minister

४ असोज, प्यारिस । फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी छन् । ब्रिटेन, अमेरिका र अष्ट्रेलियाबीच भएको नयाँ सुरक्षा सम्झौताप्रति रुष्ट बनेको फ्रान्सले बेलायतसँगको सुरक्षा वार्ता रद्द गरेको हो ।

अष्ट्रेलियाले फ्रान्ससँगको एउटा ठूलो सम्झौताबाट पछि हटेर परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउन ओकस सम्झौता गरेपछि प्यारिस क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले फ्रान्ससँग सम्झौताको बारेमा चिन्ता गर्नुपर्ने केही कुरा नभएको बताएका छन् ।

तर, फ्रेन्च रक्षामन्त्री फ्लोरेनस पार्लीले यसै साता लन्डनमा बेलायती रक्षामन्त्री बेन वालेससँग हुन लागेको बैठक रद्द गरेकी हुन् । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस