मुख्य समाचार

प्रतिनिधिसभामा अवरोध जारी : एमालेको अवरोधमै चल्यो संसद

samsad

४ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ । सभामुखको कामकारवाहीका विषयमा सदनमै प्रश्न उठाउँदै आएको नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको हो ।

बैठकको काम कारवाही सुरु भएसँगै नेकपा एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहेका छन् । उनीहरुको अवरोध जारी रहँदा सभामुख अग्निप्रसाद सापकोटाले कामकारवाही अघि बढाएका छन् ।

सभामुख सापकोटाले बजेट प्रतिस्थापन विधेयक अघि बढाएका छन् । प्रतिस्थापन विधेयकमाथि छलफल अघि बढाएपछि सांसद प्रेम सुवालले राखेको खर्च कटौतीसम्बन्धी प्रस्तावमा आफ्नो मन्तव्य दिइरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *