सुनचाँदी

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold today price in nepal

४ असोज, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो ।

यस्तै चाँदीको मूल्य समेत सोमबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत आइतबार चाँदी एक हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

असोज महिना लागेदेखि निरन्तर ओरालो यात्रामा रहेको सुनचाँदीको मूल्य असोज १ गतेदेखि आज ४ गतेसम्ममा क्रमशः १६ सय रुपैयाँ र ६५ रुपैयाँले सस्तिन पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *