अर्थनीति

एमालेको विरोधका बीच विनियोजन विधेयक २०७८ पारित

janardhan sharma

४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि सभामुख सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको घोषणा गरेका छन् । प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुनेछ । राष्ट्रिसभाबाट फिर्ता आएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुनेछ ।

रष्ट्रिसभाले १५ दिनभित्र फिर्ता गर्नुपर्ने प्रावधान छ । म्यादभित्र फिर्ता नभए प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न रोकिने छैन । विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेका थिए । आज बजेट निर्णयार्थ प्रस्तुत गरिने भएपछि सत्तारुढ गठबन्धनमा रहेका सबै सांसद उपस्थित भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस