समाचार

धनुषामा आमा छोराको शव भेटियो

Death Body

४ असोज, जनकपुरधाम । धनुषामा आमा छोराको शव फेला परेको छ । सोमबार विहान धनुषाधाम नगरपालिका २ धर्मपुरस्थित पोखरीमा आमा छोराको शव फेला परेको हो । अशोक सिंहकी श्रीमती अर्चना सिंह र उनका चार वर्षीय छोरा कुशकुमार सिंहको शव घर नजिकैको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

उनका अनुसार प्रहरीले जनप्रतिनिधिको रोहबरमा पोखरीबाट शव बाहिर निकालेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शवलाई पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको छ । स्थानीयले घटना शंकास्पद रहेको बताएका छन् । तर, प्रहरी शवको प्रकृति हेर्दा कुनै चोटपटक नरहेको र बाँकी कुरा अनुसन्धानबाट खुल्ने बताएका छन् ।

अशोक सेटिङ्ग कारपेन्टरको काम गर्छन् । आइतबार बिहान महेन्द्रनगर  काम गर्न गएका थिए । राति घर नफर्केको प्रहरीलाई परिवारजनले जनाएका छन् । तर, स्थानीयले दिएको जानकारी अनुसार राति श्रीमान श्रीमतीबीच झगडा भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *