
४ असोज, काठमाडौं । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन् ।
सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका मेयर सुवेदीमाथि पहिरो पीडित एक युवाले एक्कासी मुक्का प्रहार गरेका थिए । मेयरसँगै रहेका प्रहरी र नगरप्रहरीले उनलाई जोगाएका थिए ।
पहिरोले विस्थापित भएको लामो समयसम्म पनि कुनै व्यवस्थापनको पहल उपमहानगरपालिकाले नगरेको भन्दै स्थानीय एक युवाले मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । पहिरोले सो क्षेत्रका ५० बढी परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस