
४ असोज, काठमाडौं । रुसको परम शहरको एक विश्वविद्यालयमा भएको गोलीबारीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । हमलाकर्ता यसै विश्वविद्यालयका विद्यार्थी हुन् र उनी हिरासतमा लिइँदै गर्दा घाइते भएका छन् ।
परम स्टेट युनिभर्सिटी मस्कोबाट पूर्व दिशामा १३०० किलोमिटर टाढा छ । बीबीसी संवाददाताका अनुसार स्थानीय समयानुसार बिहान ११ बजे एक हतियारधारी व्यक्ति परम युनिभर्सिटीमा प्रवेश भएर गोलीबारी सुरु गरे ।
हमला भएपछि केही विद्यार्थी र अध्यापकले आफूलाई भवनभित्रै बन्द गरिदिए । घटनास्थलमा मोबाइलबाट खिचिएका भिडियोमा केही मानिसहरु झ्यालबाट हाम फालिरहेको देख्न सकिन्छ ।
Очевидцы сообщают о стрельбе в Пермском государственном университете. Студенты покидают здание через окна. pic.twitter.com/TFDpTR0rGV
— РЕН ТВ | Новости (@rentvchannel) September 20, 2021