४ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप अभियान निरन्तर सञ्चालन हुने बताएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले नेपालमा निरन्तर रूपमा खोप आइरहेको भन्दै खोप अभियान पनि निरन्तर रूपमा सञ्चालन हुने बताएका हुन् ।
उनकाअनुसार अब १८ वर्षभन्दा माथि छुटेका नागरिकलाई १० दिनसम्म खोप दिइने छ । राज्यमन्त्री श्रेष्ठले मुलुकका उत्तरी भेगका १० देखि १३ वटा जिल्लामा पूर्ण रूपमा खोप लगाउने योजना रहेको पनि जानकारी दिए ।
उनले अहिलेसम्म १ करोड ७७ लाख डोज खोप आइसकेको पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस