४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् ।
१३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो चौबीस घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।
आज २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस