![death body](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
४ असोज, काठमाडौं । पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर एक युवकको मृत्यु भएको छ ।
सोमबार पोखराको बाझापाटनमा रहेको बालकल्याण माध्यमिक विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर भारत वेतियाका २० वर्षीय रितेश रामको मृत्यु भएको हो । गम्भीर घाइते भएका रितेशको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।
उनी हाल पोखरा मियापाटन बस्दै आएका थिए । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केसीले बताए ।
प्रतिक्रिया दिनुहोस