अर्थनीति

मल खरिदका लागि तीन अर्ब थप

rasayanik mal

४ असोज, काठमाडौं । सरकारले रसायनिक मलका लागि छुट्याएको रकममा ३ अर्ब थपेर १५ अर्ब रुपैयाँ पुर्याएको छ । यसअघि आर्थिक वर्ष २०७८/७९ को बजेटमा रसायनिक मलका लागि १२ अर्ब रुपियाँ विनियोजन गरिएको थियो ।

अहिलेको सरकारले ल्याएको संशोधन बजेटले ३ अर्ब रुपैयाँ थपेको हो । कृषि मन्त्रालयका सहसचिव हरिबहादुर केसीले रसायनिक मलका लागि सरकारले दिएको १२ अर्ब रुपैयाँमा ३ अर्ब थपेर १५ अर्ब पुर्याएको जानकारी दिए ।

यो १५ अर्बले अढाइदेखि तीन लाख मेट्रिक टनसम्म मल खरिद गर्न सकिन्छ । उनले भने– ‘नेपालका लागि मल खरिद गर्न २५ अर्बभन्दा बढी रकम चाहिन्छ, यो १५ अर्बले किसानलाई मल पुर्याउन सकिँदैन ।’

रसायनिक मलको अन्तराष्ट्रिय मूल्यमा अत्याधिक वृद्धि भएकोले अहिले विनियोजित बजेटले सोचेजति मल खरिद गर्न नसकिने उनले बताए । नेपालमा पाँचदेखि ६ लाख मेट्रिक टन मल खपत हुने गरेको उनले बताए । त्यसका लागि २५ अर्बभन्दा बढी रकम चाहिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस