
४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आफूमाथि अचानक आक्रमण भएको बताएका छन् ।
उनलाई सोमबार बुटवलमा एक युवाले मुक्का प्रहार गरेका थिए । पहिरो पीडितको अवस्था बुझ्न पुगेका सुवेदीमाथि एक युवाले आक्रमण गरेका थिए । उनी नेकपा एमालेकै कार्यकर्ता रहेको बताइएको छ ।
आक्रमणमा परेपछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भने, “हामीले यहाँको अवस्थाका बारेमा बुझ्न आएका थियौँ । अचानक ममाथि आक्रमण भयो । त्यसबेला मैले छेकेँ । धकेल्ने काम पनि भयो । यो अराजकता सिर्जना गर्ने काम हो । यो सरकारले छानबिन गर्ने विषय हो ।”
प्रतिक्रिया दिनुहोस