समाचार

भ्यान र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

road accident

५ असोज, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ६२७९ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना३७प ३८९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको हो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको जिरा भवानी गाउँपालिका– ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *