समाचार

बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु, तीन घाइते

chatyang

५ असोज, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षीय मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *