मनोरञ्जन ताजा समाचार

अभिनेत्री प्रियंकालाई पुत्रीलाभ

pranka

६ असोज, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ ।

श्रीमान् आयुष्मान देसराजसँगै बसेर छोरीलाई काखमा राखेको फोटो सेयर गर्दै उनले यसबारे जानकारी गराएकी हुन् । छोरीलाई संसारमा स्वागत गर्दै प्रियंका लेख्छिन्, “हाम्री प्यारी परी । यो संसार अनि हाम्रो (आयुष्मान र प्रियंका) जीवनमा स्वागत छ तिमीलाई ।”

उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन् । छोरीको थरमा आफ्नो र श्रीमान् आयुष्मान देसराज जोशी दुवैको थर राख्दै आयंका कार्की जोशी लेखेकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस