६ असोज, काठमाडौं । अमेरिकामा एक कार्यक्रममा १० नेपालीले विभिन्न १५ विधामा अवार्ड पाएका छन् । अमेरिकाको लसभेगसमा आयोजित कार्यक्रममा करिब ५ हजार बिमा अभिकर्ताहरुका बीच फरक विधामा १० नेपालीले अवार्ड पाएका हुन् ।
बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो । बिमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड दिएको बताइएको छ ।
अवार्ड पाउनेमा पाउनेहरू विभिन्न राज्यका छन् । नेपाली समुदायबाट अवार्ड पाउनेमा गगन केसी, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे, कर्ण बोगटी र प्रकाश निरौला छन् ।
प्रतिक्रिया दिनुहोस