समाचार

रोल्पामा भीरबाट लडेर आमा-छोरीको मृत्यु

bead body tag

६ असोज, रोल्पा । रोल्पामा भीरबाट लडेर आमा छोरीको मृत्यु भएको छ ।  बाँदर लखेटेर घर फर्कँदै गर्दा रोल्पा नगरपालिका–९  हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुनको भीरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको मकैबारीमा बाँदर लखेटेर फर्किदै गर्दा उनीहरुको मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यता बाँकेको डुडुवा गाउँपालिका–१ खडैचाका एक बृद्ध तलाउमा मृतावस्थामा फेला परेका छन् । डुडुवा १ बस्ने ८५ वर्षीय नन्कौ अहिर राप्तीसोनारी–६ भुरीडाँडा जंगलको तलाउमा मृत्त अवस्थामा फेला परेका हुन् ।

घरबाट मालपोत कार्यालय नेपालगञ्ज जान्छु भनि हिँडेका उनी घर परिवारको सम्पर्कमा आएका थिएनन् । उनको शव तलाउमा फेला परेपछि प्रहरीले थप अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *