सेयर मार्केट

१०४ अंकले बढ्यो सेयर बजार, यी हुन् १० प्रतिशत मूल्य बढ्ने डेढ दर्जन कम्पनी

stock market

६ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १०४ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २८१६ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ । कुल ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार ७ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो भने सोमबार ८ अर्ब ४९ करोडको कारोबार भएको थियो ।

सबै समूहमा हरियाली छाएको छ । बैंकिङ ६०, ब्यापार १३२, होटल तथा पर्यटन १३६, विकास बैंक ३८१, जलविद्युत १६९, फाइनान्स २०७, निर्जीवन बीमा ४४१, उत्पादन १८२, अन्य ४१, माइक्रोफाइनान्स १७०, जीवन बीमा ५५१ र लगानी समूह ३ अंकले बढेको छ । यस दिन १३ कम्पनीको मूल्य १० प्रतिशत र ५ कम्पनीको मूल्य ९.९ प्रतिशतले बढेको छ ।

प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, पन्कन्या माइ हाइड्रोपावर, माउन्टेन हाइड्रो र साइन रेसुङ्गा विकास बैंकको मूल्य ९.९ प्रतिशतले बढेको छ । यस दिन कुनै पनि कम्पनीको सेयर मूल्य घटेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस