समाचार

पछिल्लो २४ घण्टामा १ हजार ४७८ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

corona test nepal

६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७८ जना कोरोना संक्रमित थपिएका छन् । १

३ हजार ९३० वटा नमुनाको परीक्षण गर्दा एक हजार ४७८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

त्यस्तै आज एक हजार ६३० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २१ हजार १३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस