बैँक / वित्त

माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत बोनस सेयरसहित १४ प्रतिशत लाभांश दिने

machha MBL

६ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफबाट सेयरधनीलाई  प्रतिरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंक स्रोतका अनुसार  गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनसमा लाग्ने करसहित १४ प्रततिशत लाभांश प्रस्ताव गरिएको छ ।  बोनसमा लाग्ने करबाहेक सबै बोनस सेयर दिने बैंकले जनाएको छ ।

बैंकले १३.३ प्रतिशत बोनस सेयर र उक्त बोन सेयरमा लाग्ने कर प्रोयजनको लागि ०.७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव  गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयर धनीलाई वितरण गरिने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस