
७ असोज, रौतहट । रौतहटमा कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।
दुर्गाभगवती गाउँपालिका–२, भलुइया बस्ने २४ वर्षीय सञ्जय साह सोनारलाई एकथान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने दुईथान गोली सहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस